दफा २०९
पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन दर्ता गर्नु पर्ने

(१) पुनरावेदन गर्दा जुन अदालतको फैसला उपर पुनरावेदन गर्ने हो सो अदालतको पुनरावेदन सुन्ने अदालतमापुनरावेदनपत्र दर्ता गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कसैले पुनरावेदन दर्ता गर्न ल्याएमा अदालतले त्यस्तो पुनरावेदन दफा २०५ बमोजिमकोम्यादभित्र दर्ता गर्न ल्याए वा नल्याएको, पुनरावेदन गर्दा लाग्ने दस्तुर दाखिला गरे वा नगरेको र पुनरावेदनयस परिच्छेद बमोजिम रीत पुगे वा नपुगेको जाँची रीत पुगेको देखिएमा दर्ता गरी सम्बन्धित पक्षलाईअनुसूची–३ बमोजिमको ढाँचामा भरपाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम पुनरावेदन जाँच गर्दा रीत नपुगेको देखिएमा अदालतले पुनरावेदनपत्र दर्ता नगरी सोको कारणखुलाई दरपीठ गरिदिनु पर्नेछ ।